फेरि थपिए ५ जना कोरोना संक्रमित , संक्रमितको संख्या २५० पुग्यो

काठमाडौं , जेठ १ । नेपालमा थप ५ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ ।

सर्लाहीमा १, धनुषामा र महोत्तरीमा २र२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।

थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको थियो ।

बिहीबार ९बुधबार० बिहान मात्रै कपिलवस्तु र काठमाडौंका दुई जनामा पनि संक्रमण भएको पुष्टि भएको थियो ।संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

अहिलेसम्म प्रदेश नम्बर २ मा सर्वाधिक कोरोनाको बिरामी फेला परेका छन् । प्रदेश २ मा १०३ जना संक्रमित पुगेका छन् ।

प्रदेश ५ मा ९४, प्रदेश १ मा ३५, बागमतीमा सहित ११, गण्डकीमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् । कर्णाली प्रदेश भने हालसम्म कोरोना मुक्त छ । यस्तै ३५ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्