नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं, बैशाख ३१ । नेपालमा एकैदिन थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या २ सय ४३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै रुपन्देहीका २ जना २२ वर्ष, २५, २८, ३०, दुई जना ३२, ३३ र ४१ वर्षका पुरुष, ४, १०, २८ वर्षका महिलालाई संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्