बाँके र कपिलवस्तुका दुईजनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

काठमाडौ , बैशाख ३१ । आज दुईजनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक–एक संक्रमित पुष्टि भएका हुन् ।

धुलिखेल अस्पतालमा आज ९बुधबार० गरिएको कोरोना परीक्षणमा बाँकेका एक पुरुषमा संक्रमण देखिएको थियो । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कपिलवस्तुका एक पुरुषमा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा। समीरकुमार अधिकारीले आज थप दुईजनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितका संख्या २१९ पुगेको जानकारी दिए । संक्रमित दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्