सिभिल बैंकको हकप्रद भर्ने म्याद ३ दिनमात्र बाँकी

काठमाडौं । सिभिल बैंकको ४० प्रतिशत हकप्रद भर्न ३ दिनमात्र समय बाँकी छ । उक्त हकप्रदमा माघ १२ गतेसम्म मात्र आवेदन दिन पाइनेछ । सिभिल बैंकले यसअघि तोकिएको अवधि २ साता थपेर माघ १२ गतेसम्म भर्न पाइने गरेको हो । यसअघि सिभिले मंसिर २२ देखि पुस २७ गतेसम्म समय तोकेर हकप्रद सेयर बिक्री खुला गरेको थियो । बैंकले १०ः४ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा मंसिर ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । आवेदकले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड, नयाँ बानेश्वर काठमाडौं साथै, सिभिल क्यापिटल मार्केट सुन्धारा काठमाडौं तथा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि हकप्रद सेयर भर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्