नेपालमा कुन जिल्लामा कति छन् कोरोना संक्रमित ? हेर्नुहोस (विवरणसहित)

काठमाडौं , बैशाख ३१ । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा कुल संक्रमितको संख्या २१७ पुगेको छ ।मंगलबार एकै दिन ८३ जनामा कोरोना देखिएसँगै संख्या बढेको हो ।

२१७ मध्ये हालसम्म सबैभन्दा धेरै पर्सामा ८२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै उदयपुरमा ३२, कपिलवस्तमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, कैलाली र काठमाडौंमा ४र४, बारा रौतहट र धनुषामा ३र३ जना, बाग्लुङ, चितवन, झापा, महोत्तरी र भक्तपुरमा २र२ जना तथा बर्दिया, भोजपुर, कञ्चनपुर, सप्तरी, धनुषा, धादिङ र सर्लाहीमा १र१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

संक्रमित भएका जनामध्ये ३३ जना संक्रमणमुक्त भएका भने १८४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्