कोरोनाको कहर : पछिल्लो २४ घण्टामा ५४ सयको मृत्यु
काठमाडौं , बैशाख २७ । विश्वभरी पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार दिएको जानकारीअनुसार कुल सङ्क्रमितको संख्या ८७ हजार ७२९ रहेको छ ।
योसँगै विश्वभरी अहिलेसम्म कुल सङ्क्रमितको संख्या ३७ लाख ५९ हजार ९६७ पुगेको छ ।सोही अवधिमा थप ५४ सयभन्दा बढीको कोरोनाभाइरसकै कारण मृत्यु भएको पनि डब्लुएचओले जनाएको छ ।
डब्लुएचओका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ४२९ जनाको मृत्यु भएको हो ।
विश्वभरी अहिलेसम्म कोरोनाका कारण २ लाख ५९ हजार ४७४ जनाको मृत्यु भइसकेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।पछिल्लो विवरणअनुसार सवैभन्दा धेरै मृत्यु र संक्रमित अमेरिकामा भएका छन् ।
अमेरिकामा १३ लाख २२ हजार १६३ जना संक्रमित हुँदा ७८ हजार ६१६ जनाको मृत्यु भएको छ ।मृत्यु भएका मध्ये ३७८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
त्यसैगरी दोस्रो धेरै मृत्यु बेलायतमा भएको छ । बेलायतमा ३१ हजार २४१ जनाको मृत्यु भएको जनाएको छ ।
बेलायतमा संक्रमितको संख्या दुई लाख ११ हजार ३६४ रहेको छ । कोरोना भाइरसका कारण धेरै मानवीय क्षति भएका मध्ये इटलीमा ३० हजार २०१, स्पेनमा २६ हजार २९९, फ्रान्समा २६ हजार २३०, रुसमा एक हजार ७२३ जनाको मृत्यु भएको छ ।
धेरै मानवीय क्षति भएकाहरुमा जर्मनी, ब्राजिल, टर्की, इरानलगायतका देश पनि रहेका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्