बेइजिङबाट स्वास्थ्य सामग्री ल्याएर काठमाडौं आइपुग्यो नेपाल एयरलाइन्स
काठमाडौं, बैशाख २५ । अत्यावश्यक स्वास्थ्य सामग्री लिन चीनको बेइजिङ गएको नेपाल वायु सेवा निगम (एयरलाइन्स) को वाइडबडी जहाज काठमाडौँ फर्किएको छ ।
स्वास्थ्य सामग्री लिएर आएको निगमको कार्गो जहाज केहीबेरअघि काठमाडौँ अवतरण गरेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए।
त्यस्तै अष्ट्रेलियाको सिड्नी उडेको निगमको अर्को चार्टर्ड उडानको वाइड बडी जहाज पनि आझ साँझ ६ः०० बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ । दुवै वाइड बडी जहाज बुधबार ती गन्तव्यमा उडान भरेका थिए ।















प्रतिक्रिया दिनुहोस्