अमेरिकाको विद्यालयमा विद्यार्थीले चलाए गोली, दुई जना मारिए, १७ घाइते

काठमाडौं, । अमेरिकाको केन्टकी राज्यमा गोली हानेर दुई जनाको हत्या गरिएको छ ।

एक उच्च माध्यमिक विद्यालयमा त्यही पढ्ने विद्यार्थीले हानेको गोली लागेर १५ वर्षका छात्र र छात्रा मारिएका हुन् । घटनामा १७ विद्यार्थी घाइते भएका छन् ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । घटनामा संलग्न छात्रलाई पक्राउ गरी अनुसन्धान थालेको त्यहाँको प्रहरीले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त विद्यार्थीले कक्षामा पढाई सुरु भएपछि हाते बन्दुक निकाली गोली चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्