कर्णाली प्रदेशमा अहिलेसम्म छैन कोरोनाको संक्रमण

काठमाडौं , बैशाख २३ । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोनाभाइरको संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सबैभन्दा बढी प्रदेश नम्बर १ मा ३१ जना संक्रमित रहेका छन् ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबार प्रवक्ता डा विकास देवकोटाले अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ८ सय ५० जनाको परीक्षण भएको बताए ।
यसैगरी आरडिटी विधिबाट ५२ हजार २ सय २७ जनाको परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८२ वटा परीक्षण भएका छन् । प्रदेश १ मा ६ हजार १ सय २२, प्रदेश नम्बर २ मा ५ हजार ७ सय ७८, बागमती प्रदेशमा ८ जार ९ सय ४० र गण्डकी प्रदेशमा ६ हजार ७४ जनाको आरडिटी परीक्षण भएको छ ।

यस्तै प्रदेश नम्बर ५ मा ५ हजार १ सय ९३, कर्णाली प्रदेशमा ५ हजार ८ सय ७६ र सुदूरपश्चिम प्रदेशमा १४ हजार २ सय ४४ जनाको परीक्षण भएको उनले बताए ।

अहिले क्वारेन्टाइनमा २१ हजार ९९ जना रहेका छन् । उपत्यकामा २ र बाहिर १ सय १८ गरी १ सय २० जना क्वारेन्टाइनमा रहेका छन् ।

कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि पिसिआर परीक्षण सुरु भएको छ । योसँगै नेपालमा १८ प्रयोगशालाबाट पिसिआर विधिबाट नमुना परीक्षण सुरु भएको छ ।

यसैबीच मंगलबार नेपालगञ्जमा थप ७ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले यसअघि नै जानकारी गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्