कैलालीमा एम्बुलेन्सको ठक्करबाट सशस्त्र प्रहरीका हवल्दारको मृत्यु, ठक्कर दिने चालक पक्राउ

काठमाडौं, बैशाख २३ । कैलालीमा एम्बुलेन्सको ठक्करबाट सशस्त्र प्रहरी बलका हवल्दारको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत केलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरमा से १ च १८२८ नम्बरको एम्बुलेन्सले म २ प ५३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सशस्त्र प्रहरी हवल्दार ३५ वर्षीय गोरख ऐरको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत हवल्दार ऐर कैलालीको घोडाघोडी नगरपालिका–१० स्थित घरबाट कार्यालय जाँदै दिए ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ओम साईं अस्पतालको एम्बुलेन्सले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक घोडाघोडी–१० घर भएका २८ वर्षीय भरत बोहोरा भने घाइते छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले ठक्कर दिने एम्बुलेन्स चालक धनगढी उपमहानगरपालिका–१० का ५४ वर्षीय आशाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चौधरीलाई अहिले इलाका प्रहरी कार्यालय सुख्खडमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्