जनसम्पर्क अष्ट्रेलिया र कांग्रेस जनसम्पर्क विभाग प्रमुखबीच अन्तरक्रिया
काठमाडौं, बैशाख १६ । एक लाखभन्दा बढीको संख्यामा अष्ट्रेलियामा रहेका नेपालीहरूमा कोरोना भाइरसका कारण परेको प्रत्यक्ष-अप्रत्यक्ष प्रभावका बारेमा नेपाली कांग्रेस केन्द्रले चासो व्यक्त गरेको छ ।
कांग्रेस जनसम्पर्क विभाग प्रमुख गोविन्द भट्टराईले अष्ट्रेलियामा रहेका आठवटै राज्यका जनसम्पर्क समितिका अध्यक्षसहित विभिन्न सामाजिक व्यक्तित्वसंग भिडियो अन्तरक्रिया गरि यहाँको पछिल्लो वस्तुस्थितिका वारेमा जानकारी लिएको सिड्नीबाट पत्रकार प्रकाश हुमागाईले जानकारी दिए ।
जनसम्पर्क समिति अस्ट्रेलिया एनएस डब्ल्यु राज्यका अध्यक्ष इथान (थानु) शाक्यले संयोजन गरेको उक्त भेलामा एनआरएन अष्ट्रेलिया अध्यक्ष केशब कॅडेल, नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मन्च (एनएडिएफ) अध्यक्ष सुरेन्द्र सापकोटा, एनएडिएफका पूर्वअध्यक्ष बिवेक थापा, एनआरएन ओसियाना डिपुटी कोर्डिनेटर नबिन कँडेल, पत्रकार महासंघ अस्ट्रेलिया अध्यक्ष हेमन्त काफ्ले, एनआरएन आइसीसी मेम्बरद्वय नारायण काफ्ले र दुर्गा आचार्य, नेपाली कांग्रेस महासमिति सदस्य कन्चन पोख्रेल लगायतका वक्ताहरुले कोरोना विरुद्धको लडाईमा सबै एक जुट हुनुपर्ने कुरामा जोड दिएका थिए ।
अन्तरक्रियाका क्रममा एनआरएनए अध्यक्ष कँडेलले पछिल्लो वस्तुस्थितिका बारेमा जानकारी दिनुका साथै जनसम्पर्क समिती अस्ट्रेलियाका सम्पूर्ण राज्य अध्यक्ष तथा प्रतिनिधिहरुले कोरोनाविरुद्धको लडाईमा एनआरएन अस्ट्रेलियालाई सहयोग पुर्याएकोमा धन्यवाद दिएका दिए । अन्तरक्रियामा एनएडिएफ अध्यक्ष सापकोटाले अप्ठेरो स्थितिमा रहेका नेपीलीहरूको सहयोगका लागि एनएडिएफ सदा तत्पर रहेको बताए । पत्रकार महासंघ अध्यक्ष काफ्लेले अष्ट्रेलियामा रहेका नेपालीहरूलाई सुसुचित गर्ने, उनीहरूका समस्याहरूलाई सम्वन्धित निकायसम्म पुर्याउने र निष्पक्ष खबर सम्प्रेषित गरिररहेको बताए ।
छलफल कार्यक्रममा अष्ट्रेलियामा कोरोनाबाट पीडित र अन्य विषयबस्तु सम्बन्धित बिवरण जनसम्पर्क समिति अस्ट्रेलिया कुइन्सल्याण्ड अध्यक्ष अभिमन्यु केसीले प्रस्तुत गरेका थिए । जनसम्पर्क समिति अस्ट्रेलियाका सम्पूर्ण राज्य अध्यक्षहरु बिनित शर्मा, सबिन वराल, अशोक सुबेदी, अर्जुन लम्साल, दिपक पराजुली तथा द्वारिका दवाडीले आआफ्नो राज्यको वस्तुस्थिती प्रस्तुत गरेका थिए । साउथ अस्ट्रेलियाका प्रतिनिधि रबिन्द्र गौतम, रमेश जोशी, क्यानवराका प्रतिनिधी भागिरथ साप्कोटा तथा पर्थका प्रतिनिधिद्वय राजेश बुढाथोकी र मदन पौडेलले पनि आआफ्नो धारणा प्रस्तुत गरे ।
अन्तरक्रियामा सहभागी अधिकांशले आगामी मे ६ तारिखमा नेपालबाट आउँदै गरेको नेपाल एयरलायन्सको चार्टर विमानमा कसरी राजदूतावास तथा नेपाल सरकारसँग संयोजन गरि अष्ट्रेलियामा रहेका नेपाली नागरिकहरूवाई नेपाल लैजान सकिन्छ भन्ने बिषयमा पनि छलफल गरेको एनएडिडएफका संचार संयोजक हुमागाईले जानकारी दिए । अन्तरक्रियामा जनसम्पर्क विभाग प्रमुख भट्टराईले विश्वमै आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरस पछिको दुःखद परिस्थितिको सामना र आपतमा परेकाहरूलाई यथासक्य सहयोग गर्न नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाका सम्पूर्ण राज्य अध्यक्षहरुलाई निर्देशन दिए ।
यस्तो आपतकालिन परिस्थितिमा यो वा त्यो नभनिकन सबैसंग हातेमालो गर्दै यो महामारीविरुद्ध एकजुट हुनुपर्ने भट्टराईको भनाई थियो । भिडियो कन्फेरेन्समा आठवटै राज्य जनसम्पर्क समिती अस्ट्रेलियाका अध्यक्षहरूको उपस्थिति थियो । जनसम्पर्क विभाग प्रमुख भट्टराईले एनआरएन अस्ट्रेलियासंग समन्वय गरेर सम्पूर्ण कार्यहरू गर्न जोड दिए ।















प्रतिक्रिया दिनुहोस्