कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ११ हजार नाघ्यो

काठमाडौं , बैशाख १६। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण तीस लाख भन्दा बढी प्रभावित भएका छन् ।

प्रभावित मध्ये एक तिहाई संयुक्त राज्य अमेरिकमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।जोन हप्किन्स विश्व विद्यालयका अनुसार अमेरिका, इटाली र स्पेनमा संक्रमितहरुको संख्या अत्याधिक रहेको छ ।

हालसम्म कोरोनाका कारण विश्वभर दुई लाख ११ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । त्यसैगरी करिब नौ लाख २० हजार मानिस उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा ५६ हजार ६४९ जनाको मृत्यु भएको छ । इटाली र स्पेनमा क्रमशः २६ हजार नौ सय ७७ र २३ हजार ५ सय २१ जनाको मृत्यु भइसकेको छ ।

फ्रान्स, जर्मनी, बेलायत र टर्कीमा एक लाख भन्दा बढी संक्रमित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्