चारजना कोरोना संक्रमित डिस्चार्जको तयारी

काठमाडौं , बैशाख १४ । नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित चारजनालाई आज डिस्चार्जको तयारी भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले दिएको जानकारीअनुसार उपचार गराइरहेका चारजनालाई डिस्चार्जको तयारी छ ।

कोरोना संक्रमित तीनजना भारतीय नागरिकलाई डिस्चार्जपछि कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको छ । स्थानीय तहको जिम्मा लगाउने विषयमा छलफल भइरहेको छ । रौतटहका एक पुरुषलाई भने एम्बुलेन्समा घर पठाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्