कोरोना – भारतमा संक्रमितको संख्या २३ हजार नाघ्यो, ७१४ को मृत्यु
नयाँदिल्ली, वैशाख १२ । भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या २३ हजार नाघेको शुक्रबार जनाइएको छ ।
गएको २४ घन्टायता भारतमा एक हजार ६४८ कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन् ।
शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड–१९’ का संक्रमितहरूको संख्या २३ हजार ७७ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो ।
उक्त मन्त्रालयकाअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३७ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७१४ पुगेको छ ।भारतमा देखिएका यी संक्रमितहरूमध्ये चार हजार ७४९ जना भने उपचारपछि निको भएर फर्किएका छन् ।
मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १७ हजार ६१० कोरोनाका संक्रमित बिरामी अस्पतालमा उपचाररत् रहेका छन् ।
सुरुदेखि नै भारतको महाराष्ट्र कोरोनाभाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।शुक्रबार पनि योक्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ ।
महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या छ हजार ४३० जना पुगेको उक्त मन्त्रालयले बताएको छ ।यसैबीच, महाराष्ट्रमा २८३ जनाको निधन भएको छ । संक्रमितमध्ये ८४० जना भने निको भएका छन् ।
महाराष्ट्रपछि दिल्ली र गुजरातमा यस भाइरसको संक्रमण उच्च मात्रामा देखिएको छ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार दिल्लीमा दुई हजार ३७६ संक्रमित रहेका छन् । संक्रमितमध्ये ८०८ जना निको भएका छन् भने ५० जनाको भने मृत्यु भएको छ ।
गुजरातमा दुई हजार ६२४ मा कोरोनाभाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ११२ को ज्यान गएको छ । यसैबीच, २५८ जना उपचारपछि घर फर्किएका जनाइएको छ ।
भारतमा यसरी दिन प्रतिदिन नयाँ–नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।भारतका राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्यामा कोरोना संक्रमित रहेका जनाइएको छ ।
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोनाभाइरस ९कोभिड–१९० को संक्रमण रोक्नका लागि बन्दाबन्दी ९लकडाउन०लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्थामा पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए । राससरएएनआई
प्रतिक्रिया दिनुहोस्