लिबियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा २२ जना मारिए

काठमाडौं । लिबियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा २२ जना मारिएका छन् । लिबियाको बेन्घाजीमा रहेको मस्जिद नजिकै बम बिस्फोट भएको हो ।

घटनामा ३० जना घाइते भएका छन् । बिस्फोटका कारण मस्जिद वरिपरिका भवनमा क्षति पुग्नुका साथै थुप्रैं सवारीसाधन ध्वस्त भएका छन् ।

मारिनेमा केही सैनिक र सर्वसाधारण छन् । पछिल्लो समय लिबयामा आईएसले आतंकबादी गतिविधि निरन्तर गर्दै आएका छन् ।

जसको मारमा सर्वसाधारण पर्ने गरेका छन् । यस घटनाको जिम्मेवारी भने कसैले लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्