कोरोना अपडेटः विश्वभर एक लाख ८५ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, वैशाख ११ । विश्वभर कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख ८५ हजार ४६१ पुगेको छ । संक्रमितको संख्या भने २६ लाख ५९ हजार १६३ पुगेको छ ।

संक्रमितमध्ये सात लाख ३० हजार ३९३ जना उपचारपछि निको भएका छन् ।अमेरिकामा कोरोनाभाइरसका कारण आठ लाख ४९ हजार ९२ जना संक्रमित हुँदा ४७ हजार ६८४ जनाको मृत्यु भएको छ ।

स्पेनमा दुई लाख १३ हजार २४ जना संक्रमित हुँदा २२ हजार १५७ जनाको मृत्यु भएको छ ।त्यसैगरी, इटालीमा संक्रमितको संख्या एक लाख ८७ हजार ३२७ पुगेको छ । त्यहाँ २५ हजार ८५ जनाको मृत्यु भएको छ ।

फ्रान्समा एक लाख ५९ हजार ८७७ जना संक्रमित हुँदा २१ हजार ३४० जनाको मृत्यु भएको छ ।जर्मनीमा एक लाख ५० हजार ७७३ जना संक्रमित भएका छन् । मृतकको संख्या पाँच हजार ३१९ पुगेको छ ।

बेलायतमा एक लाख ३३ हजार ४९५ जना संक्रमित छन् भने १८ हजार १०० जनाको मृत्यु भएको छ ।भारतमा पनि संक्रमितको संख्या बढेर २१ हजार ७९७ र ६८६ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, पाकिस्तानमा संक्रमितको संख्या १० हजार ८११ पुग्दा २२८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्