पार्टीको एकता बलियो बनाउन माधव नेपाललाई युवा,विद्यार्थीको अपिल

काठमाडौँ , बैशाख १०। कम्युनिष्ट नेता लेनिनको जन्म जयन्ती एवम् नेपाल कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवसको उपलक्ष्यमा नेकपानिकट विद्यार्थी संगठन अनेरास्वुवियुका नेता सुदेश पराजुलीले शुभकामना दिएका छन ।

सो अवसरमा नेता पराुजलीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आम नेपाली जनताले सुदृढ,बलियो,एकतावद्व कम्युनिस्ट पार्टी,नेकपाको बरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वदायी भुमिका र पहल कदमीले मात्रै नेपाल कम्युनिस्ट पार्टी भित्रको एकताको कसिलो डोरी बलियो हुनेमा सम्पूर्ण पार्टी,नेपाली जनताको आशा,विश्वास भरोसा र अपेक्षा गरेको समेत बताएका छन ।

। नेता पराजुलीसहित अखिल र युवासंघका नेताहरुले नेपालको नेतृत्वदायी भुमिकाबाट हिजो देखि नै टुट् फुटमा रहेका नेता,कार्यकता र कम्युनिस्ट आन्दोलनलाई एकताको मुल प्रबाहमा जोडिदै आएको ईतिहास साची नै रहेको बताएका छन् । नेता पराजुलीले भनेका छन–अहिले नेपाल कम्युनिस्ट पार्टी भित्र देखिएका केहि समस्याहरुलाई पनि आदरणीय कमरेडबाट नै सुदृढ पार्टी एकताको सहि र जनअपेक्षित भुमिकाको आम पार्टी पङ्ती र जनताहरुले अपेक्षा गरेका छन् ।

क. माधव नेपालका प्रमुख विशेषताहरू
१.टुक्रा टुक्रामा विभाजित एवम् कमजोर अवस्थामा रहेको नेपालको कम्युनिष्ट आन्दोलनलाई एकिकृत एवम् सफल बनाउने स्वप्न द्रष्टा एवम् पहलकर्ता,
२.वर्तमानको एकिकृत एवम् शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणको लागि यसको लागि वि।स।२०३१ मा क्रान्तिकारी अपिल जारी गरी पहलकदमी लिने दुई प्रमुख नेता मध्ये एक नेता,
३.तत्कालिन समयको बैंकको प्रतिष्ठित जागिर र उच्च तहमा पुग्ने प्रवल संभावना हुॅदा हुॅदै सबै कुरा त्यागेर जनताको अधिकार र लोकतन्त्रको लागि जीवन समर्पण गरेको शाहसिक ब्यक्तित्व,
४.२०३१ देखि अहिले सम्म अनेक आरोह अवरोह सहित मूल कम्यनिष्ट पार्टीको शीर्ष नेतृत्वमा विना दाग क्रियाशील,
५.पन्चायति कालरात्रीमा केही समय आफै र धेरै समय आफ्ना अधिकांश सहयात्रीहरू जेल पर्दा पनि निराश नबनी कम्युनिष्ट पार्टीलाई नेपालभर समाजका विभिन्न वर्ग, तह र समुदायमा स्थापित गर्न क्रियाशील र सफल नेता,
६.विभिन्न पटक गरी ३४ ओटा घटक र मोर्चाहरूलाई एकिकृत गर्ने कुशल संयोजक,
७।पटक पटक नेतृत्वको अवसर आउदा पनि परिस्थितिको विश्लेषण गरी सहयोद्धालाई अगाडि सार्नसक्ने विशाल हृदय भएको ब्यक्ति,
८.नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक एवम् जनप्रिय बनाउने योजनाकार तथा पहलकर्ता,
९.२०४६ को प्रजातन्त्र प्राप्तिको आन्दोलनका प्रमुख नेता,
१०.२०४७को प्रजातान्त्रिक संविधान निर्माणका अगुवा,
जननेता मदन भण्डारीको रहस्यमय निधन पश्चात विक्षिप्त बनेको र दुनियाका कतिपय शक्तिहरूले समाप्त भयो भनेको कम्युनिष्ट पार्टीलाई सम्हालेर नेतृत्व गर्दै २०५१ को निर्वाचनमा पहिलो पार्टी २०५४ को निर्वाचनमा स्थानीय निकायमा झण्डै दुई तिहाइ स्थानमा विजयी वनाउन सफल,
११.२०५१ को लोकप्रिय एमाले सरकारको मुख्य डिजाइनर तथा नेतृत्वकर्ता,
१२.२०५४ मा पार्टी विभाजन हुॅदा पनि पार्टीलाई सम्हालेर प्रमुख पार्टीको रूपमा कायम राख्न सफल नेता र पछि पुनस् एकिकरण गर्न सफल नेतृत्व,
१३.दश बर्षे सशस्त्र द्वण्द्वको बेलामा पार्टी र कार्यकर्ताको क्षति सकेसम्म कम होस् भनी अनेकौ पहलकदमी लिने सक्रिय नेता,
१४।झण्डै १७ हजारको ज्यान जाने गरी भएको सशस्त्र द्वण्द्वको अन्त्य गर्न तात्कालिन ब्यवस्थाका अनेकौं अवरोध र चुनौतिहरूको सामना गर्दै कैयन वार्ता र सम्बाद मार्फत बाह्र बुॅदे समझदारी हुॅदै शान्ति प्रक्रियामा ल्याउने मुख्य सुत्राधार एवम् अगुवा,
१५।२०६२र०६३ को लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनको पहिलो निर्णयकर्ता तथा नायक,
१६।विषम परिस्थितिमा भएको निर्वाचनमा पार्टीले अनपेक्षित हार ब्यहोरे पछि पार्टीलाई आन्तरिक द्वण्द्वबाट जोगाउन पराजयको नैतिक जिम्मेवारी लिंदै राजीनामा गर्ने उदाहरणीय नैतिकवान नेता,
१७सुशासन र विकासका चिन्तक,
१८।अपर तामाकोशी, काठमाडौं ९तराई द्रुत मार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, मध्य पहाडी लोकमार्ग, ब्यवस्थित शहर जस्ता दीर्घकालिन राष्ट्रिय विकास र लैंगिक हिंसा बिरूद्धको अभियान, जनता आवास कार्यक्रम जस्ता अनेकौं कार्यक्रमका परिकल्पनाकार तथा आरम्भकर्ता,
१९।विभिन्न २२ राजनीतिक दलहरूको कुशल संयोजन गरी कठीन परिस्थितिमा पनि २१ महिना सम्म सरकारको सफल सन्चालन गर्नसक्ने संयोजनकारी नेता,
२०।आफ्नो स्पष्ट बहुमत हुॅदाहुॅदै पनि काम गर्न केही असहज महशुस हुनासाथ प्रधानमन्त्री पद त्याग गर्न सक्ने त्यागि नेता,
२१।स्वच्छ, नैतिकवान, इमान्दार, क्रियाशिल र भ्रष्ट्राचारमा सुन्य सहनशीलता भएको नेता,
२२।पार्टीमा बिधि, पद्धती, कमिटीगत प्रणाली, ब्यक्तिगत जिम्मेवारी र सामुहिक नेतृत्वको पक्षपोषक,
२३।वरिष्ठता र योग्यताको आधारमा जिम्मेवारी र कामको मुल्याङ्कनका आधारमा व्यक्तिको मुल्याङ्कन गर्ने प्रणालीका पक्षपोषक,
२४।सन्तुलित परराष्ट्र नीति र फराकिलो अन्तर्राष्ट्रीय सम्बन्ध,
२५।पदमा हुॅदा वा नहुॅदा उत्तिकै क्रियाशिल नेता,आदि ।

प्रतिक्रिया दिनुहोस्