आइसोलेसनमा भर्ना भएका दुई नर्सको रिपोर्ट नेगेटिभ

काठमाण्डौ , बैशाख १० । कोरोना भाइरसको आशंकामा काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले उज्यालोलाई जानकारी दिनुभयो । उहाँहरु दुवै जना अस्पतालबाट डिस्चार्ज भएका पनि उहाँले बताउनुभयो ।

डाक्टर बास्तोलाका अनुसार दुवै जना नर्सको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्