सेनाले भारतबाट २ करोड ४० लाख रुपैयाँको औषधि ल्याउँदै

काठमाडौं , बैशाख १०। नेपाली सेनाले कोरोना भाइरसको उपचारका लागि भारतबाट २ करोड ४० लाख रुपैयाँ बराबरको औषधि ल्याउने भएको छ ।

कोरोनाका उपचारका लागि आवश्यक औषधि खरिदका लागि सेनाले २ करोड ४० लाख रुपैयाँ भन्दा बढी भुक्तानी दिन लागिएको हो ।

रकम भुक्तानीका लागि नेपाली सेनाको जंगीअड्डाले रक्षा मन्त्रालयलाई पत्राचार गरेको छ । रक्षामार्फत भारतलाई रकम भुक्तानी गर्न परराष्ट्र मन्त्रालयमा पत्राचार भएको बताइएको छ ।

रकम जम्मा गरेपछि भारतले दिल्लीस्थित नेपाली दूतावासमा ५३ प्रकारका औषधि जम्मा गर्नेछ । त्यसपछि नेपालले आवश्यक औषधि ल्याउनेछ ।

सेनाले आइतबार चीनबाट स्वास्थ्य सामग्री ल्याउन २ अर्ब २५ करोड रुपैयाँको सम्झौता गरिसकेको छ ।

यसअघि भारतले चैत दोस्रो साता कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्न प्रस्ताव गरेको थियो ।

भारतको सशस्त्र बल चित्किसा सेवा ९एफएमएस० का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्जीले सहयोगका लागि र्‍यापिड रेस्पोन्स टिम ९आरआरटी० नेपालमा पठाउन तयार भएको बताएका थिए ।

तर सरकारले उपचारभन्दा पनि स्वास्थ्य उपकरण आवश्यक भएको बताएपछि सहयोग प्रक्रिया रोकिएको छ ।

सरकारले गत चैत १६ गते स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्