नेपालभर दिनभरि पानी पर्ने

काठमाडौं । लामो समयको प्रतिक्षापछि बुधबार बल्ल वर्षा भएको छ । बुधबार बिहान काठमाडौं, पोखरा, दिपालय लगायतमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् विभूती पोखरेलले बुधबार दिनभरि नै वर्षा हुने जानकारी दिइन् ।

उनले भनिन्, ‘यो पश्चिमी वायू भएकाले साँझसम्म यो पूर्वतिर जानेछ, आज दिनभरि नै वर्षा हुनेछ ।’

लामो समयपछि वर्षा हुँदा भने धेरैले राहत महसुस गरेका छन् । न्युनतम तापक्रममा भने खासै फरक परेको छैन ।

यो हिउँदको पहिलो वर्षा हो । खडेरीका कारण काठमाडौं उपत्यकाको प्रदूषणसमेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्