मन्त्रालयले सोध्यो टेकु अस्पतालका डा पुनलाई स्पष्टीकरण

काठमाडौँ, बैशाख ६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई कारबाही गरेको छ ।

उनलाई लिखित स्पष्टीकरण सोध्दै मन्त्रालयमा बोलाइएको हो ।

कोरोना भाइरसको उपचार हुने मुख्य अस्पतालका तथा रिसर्च युनिटका संयोजकसमेत रहेका पुनलाई मौखिक रुपमा बोलाउँदा उपस्थित नभएपछि चिट्ठी काटेर मन्त्रालयमा बोलाइएको हो ।

डा पुनलाई कोरोना भाइरस बारे विभिन्न ठाउँमा बोलेको भन्दै प्रष्टिकरण सोधिएको स्रोतको दाबी छ ।

कोरोना भाइरसको महामारीका विषयमा बोलेको भन्दै स्वास्थ्य तथा जनसंख्या उच्च तहकै निर्देशनमा पुनलाई कारबाही गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्