जब नेपाल प्रहरीको सामाखुसी पेट्रोल पम्पमा पानी मिसिएको पेट्रोल भेटियो…

काठमाडौं, बैशाख ६ । नेपाल प्रहरीको सामाखुसीस्थित महालक्ष्मी पेट्रोल पम्पमा पानी मिसिएको पेट्रोल भेटिएको छ ।
पेट्रोल वितरण गर्ने बेला पानी मिसिएको पाइए पछि अनुसन्धान थालिएको नेपाल आयल निगम थानकोट वितरण डिपो प्रमुख इन्जिनियर प्रदीपकुमार यादवले जानकारी दिए ।

उनकाअनुसार पम्पमा शुक्रबार साँझ ८ हजार लिटर पेट्रोल हालिएको थियो । निगमको प्राविधिकसहितको टोलीले अहिले ४८ हजार लिटर क्षमताको पम्पको जाँच गरिरहेको उनले बताए । ग्राहकलाई पेट्रोलियम वितरण गर्नुपूर्व पम्पका कर्मचारीले जर्किनमा भरेको पेट्रोलमा पानी पाइएको थियो ।

पम्पमा पानी मिसिएको पेट्रोल पाइएकोबारे जानकारीमा आएको र निगमले छानबिन गरिहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।पेट्रोलमा पानी मिसिएर आएको पाइए पछि छानबिन सुरु गरिएको नेपाल आयल निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्