प्रिमनसुन सक्रिय, अझै केही दिन मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा
काठमाडौं, वैशाख ५ । मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही दिन देशको मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीबाट नेपालको पश्चिमी क्षेत्र हुँदै प्रवेश गरेको पश्चिमी वायु र प्रिमनसुन सक्रिय भएकाले अझै दुईरतीन दिन काठमाडौं उपत्यकासहित देशका धैरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार आर्यालले बताए ।
उनकाअनुसार दुईरतीन दिनसम्म अझै प्रायः अपराह्नपछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने देखिन्छ ।
उपत्यकासहित देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भइरहेको छ ।
बिहान आकाशमा डम्म बादल लाग्ने, बेला–बेलामा घाम लाग्ने र दिउँसोतिर मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक वर्षा हुने गरेको छ ।
अहिले प्रिमनसुन ९मनसुन सुरु हुनुभन्दा पहिले०को समय भएकाले यस्तो मौसमी गतिविधि भइरहेको र प्रिमनसुनी समयमा यस्तो गतिविधि सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रिमनसुनमा विशेषगरी स्थानीय वायु सक्रिय हुने हुनाले हावाहुरी चल्ने र चट्याङ पर्नेजस्ता संकेत देखिन्छ । अंग्रेजी महिनाको मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुनी समय मान्ने गरिन्छ ।
शनिबार ९भोलि० देशभर आंशिकदेखि सामान्य बदली रही देशका मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एकरदुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली भइ पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको औंल्याइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम १६।५ डिग्री र अधिकतम् तापक्रम २७।० डिग्री सेल्सियस रहेको छ । रासस















प्रतिक्रिया दिनुहोस्