मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सका दुई वटा विमान आज चीन जाँदै

काठमाडौँ, बैशाख ४ । कोरोना भाइरस संक्रमण परीक्षणका लागि आवश्यक मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सका दुई वटा जहाज बिहीबार साँझ चीन जाँदै छन्।

व्यवसायीले खरिद गरेका सामान लिन लैजान नेपाल एयरलाइन्सको वाइडबडी विमान चार्टर्ड गरिएको हो। नेपाल वायु सेवा निगम स्रोतका अनुसार फ्लास फ्रेट र सांग्रिला फ्रेटले विमान चार्टर्ड गरेका हुन्।

यसअघि पनि नेपाल एयरलाइन्सको व्यवसायीका सामान चीनबाट ल्याएको थियो। दुईपटक मेडिकल सामग्री लिन चीन गएकोमा दुवैपटक विमानले भारबहन क्षमताभन्दा निकैकम सामग्री ल्याएको थियो।

दुवै विमान बिहीबार साँझ साढे पाँच बजे चीनका लागि प्रस्थान गर्नेछन्।

विमान सामान लिएर शुक्रबार बिहान फर्कने छ।

प्रतिक्रिया दिनुहोस्