सीमा नाकामा थप ११ सय ५ जना सशस्त्र प्रहरी परिचालन
काठमाडौं , बैशाख ४ । सशस्त्र प्रहरीले भारतसँग जोडिएका सीमा नाकामा थप ११ सय ५ जना सशस्त्र प्रहरी खटाएको छ ।
यसअघि विभिान्न नाकाका ७ हजार ८ सय जना सशस्त्र प्रहरी खटाएकोमा आज थप ११ सय ५ जना थप खटाइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले जानकारी दिए ।
लकडाउन उल्लंघन गरेर भारतीय सीमा नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न भन्दै थप जनशक्ति खटाइएको श्रेष्ठको भनाई छ ।
कोरोना भाइरसको संक्रमण जोखिम कम गर्न भन्दै सरकारले विभिन्न बाहिनीबाट सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी खटाइएको छ ।
थप गरिएको जनशक्तिलाई प्रदेश नम्बर १, ३ र ५ मा परिचालन गरिनेछ । काठमाडौमा मात्रै एक हजार भन्दा बढी जनशक्ति परिचालन गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्