संक्रमितको पहिचान नखुलाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं , बैशाख ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ (कोरोना भाइरस) संक्रमित व्यक्तिको पहिचान खुल्ने विवरण सार्वजनिक नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गरेका हुन् ।

‘विभिन्न सञ्चार माध्यमहरूमा कोरोना संक्रमित व्यक्तिहरूको नामसहितको विस्तृत विवरण प्रकाशनमा आएको छ,’ डा। देवकोटाले भने, ‘बिरामीको अनुमतिबिना यस्तो विवरण प्रकाशनरप्रसारण गर्न पाइँदैन ।’

जनस्वास्थ्यका दृष्टिले सार्वजनिक नगरी नहुने विवरण मन्त्रालयले सार्वजनिक गरेको पनि प्रवक्ता देवकोटाले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्