चितवनमा ३९ जनाको र्‍यापिड टेष्ट , एक जनामा कोरोना पोजेटिभ

काठमाडौं, बैशाख ३ । चितवनमा ३९ जनाको र्‍यापिड डाइग्नेष्टिक टेस्ट (आरडीटी)गर्दा एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गुञ्जमान सिंह अस्पतालमा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रबाट ३९ जनाको आरडीटी टेस्ट गरिएकोमा एक जनामा पोजेटिभ देखिएको हो । पोजेटिभ रिपोर्ट आएका मानिस एक महिनाअघि बिदेशबाट आएको गुञ्जमान सिंह अस्पतालले जनाएको छ ।

अस्पतालले आजै तीन थप जनाको टेस्ट गरेर भरतपुर पठाएपनि रिपोर्ट आइनसकेको जनाएको छ । पोजेटिभ देखिएकाको स्वाबको नमुना लिएर पुन परीक्षणका लागि पठाएको समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्