सुदूरपश्चिममा पाँच हजार ४ सय ६१ जनाको नमूना संकलन, यस्तो आयो रिपोर्ट

काठमाडौं , बैशाख ३। कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा पाँच हजार ४६१ जनाको नमूना संकलन गरिएकामा तीन हजार ९१७ को रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले एक हजार ५३९ को रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।

प्रदेशमा ‘आरटिपिसिआर’ र ‘आरडिटी’ पद्धतिबाट कोरोनाका शंकास्पद व्यक्तिको नमूना संकलन भइरहेको छ ।

हिजोसम्म दुई हजार ५२० को आरटिपिसीआर पद्धतिबाट गरिएको नमूना संकलनमा ९७६ को नतिजा नेगेटिभ आएको छ भने एक हजार ५३९ को नतिजा आउन बाँकी छ ।

यसअघि यही पद्धतिबाट नमूना संकलन गर्दा पाँच जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

संक्रमित पांचै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

यस्तै आरडिटी पद्धतिबाट दुई हजार ९४१ को नमूना संकलन भएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।

यता, धनगढीका दश जना पत्रकारको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु केही समय अघि गौरीफन्टा सीमा नाकामा समाचार संकलनका लागि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्