आइएमईका व्यवसायीक साझेदार युएई भ्रमणमा

काठमाडौं । आइएमई लिमिटेडले गत आर्थिक वर्षका पछिल्लो ६महिनामा व्यवसायीक साझेदारहरुले गरेको रेमिटेन्स कारोवारका आधारमा आफ्ना १० व्यवसायीक साझेदारहरुलाई युएईका १० दिवसीय भ्रमण गराएको छ ।
कम्पनीले बजार एवम् व्यवसायको आकार र भौगोलिक अवस्थाको आधारमा व्यवसायीक साझेदारहरुलाई निश्चित लक्ष्यतोकी विभिन्न समुहमा बर्गिकरण गरिएको थियो । यस मुल्यांकन अवधिमा उत्कृष्ट कारोबार गरी लक्ष्य प्राप्त गर्न सफल प्रत्येक समुहबाट १/१ गरी कुल १० जनालाई युएई भ्रमणको अवसर उपलब्ध गराइएको थियो ।

त्यस्तै आइएमईले गत मंसिरमा आफ्ना १० जना व्यवसायीक साझेदारहरुलाई सुदुरपश्चिम स्थितमुगुमा अवस्थित रारा तालको भ्रमण गराएको थियो । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३७४ मा दिइएको व्यवसायीक साझेदार मुख्य ब्यापार प्रवद्र्घनात्मक कार्यक्रम अन्तर्गत दश व्यवसायीक साझेदारहरुलाई छनोट गरिएको थियो ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व रहको कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६०आइएमई सेन्टर सहित ७ वटा प्रदेश र ७७ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवले वितरण गर्दै आईरहेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्