कोरोना प्रकोप – विश्वभर मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघ्यो, अमेरिकामा एकै दिन २३ सयको मृत्यु

काठमाडौं , बैशाख ३। विश्वमा नोबल कोरोना भाइरस कोभिड नाइन्टिनको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ ।

पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढेर १ लाख २६ हजार ५ सय १८ पुगेको छ ।

संक्रमितको संख्या पनि बढेर १९ लाख ९५ हजार २ सय ५ पुगेको छ । संक्रमितमध्ये ४ लाख ६७ हजार २ सय २७ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा एकैदिन थप २ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ । यो संगै त्यहां कोरानाका कारण मृत्यु हुनेको संख्या २४ हजार ८ सय ४ पुगेको छ ।

६ लाख ११ हजार ७ सय ४५ जना संक्रमित छन् । इटालीमा संक्रमितको संख्या १ लाख ६२ हजार ४ सय ८८ पुगेको छ । त्यहाँ २१ हजार ६७ जनाको मृत्यु भएको छ ।

यस्तै स्पेनमा १ लाख ७४ हजार ६० जना संक्रमित हुँदा १८ हजार २ सय ५५ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ४३ हजार ३ सय ३ जना संक्रमित हुँदा १५ हजार ७ सय २९ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ३२ हजार २ सय १० जना संक्रमित भएका छन् ।

मृतकको संख्या ३ हजार ४ सय ९५ पुगेको छ । उता बेलायतमा ९३ हजार ८ सय ७३ जना संक्रमित छन् भने १२ हजार १ सय ७ जनाको मृत्यु भएको छ ।

भारतमा ११ हजार ४ सय ८७ जना संक्रमित हुँदा ३ सय ९३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ५ हजार ८ सय ३७ पुग्दा ९६ जनाको मृत्यु भएको छ ।९एजेन्सी०

प्रतिक्रिया दिनुहोस्