३४ भारतीय बोकेर दिल्ली उड्यो नेपाल एअरलाइन्स

काठमाडौं, वैशाख २ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एअरलाइन्स०को ‘न्यारोबडी’ जहाजले ३४ भारतीय नागरिक लिएर नयाँदिल्ली उडेको छ ।

न्यारोबडी ‘ए–३२०’ जहाजले ‘चार्टर्ड’ उडानमार्फत् नेपालमा रोकिएका भारतीय नागरिकलाई लिएर नयाँदिल्ली गन्तव्यमा उडान भरेको निगमले जनाएको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो नयाँदिल्ली गएको जहाज मंगलबार साँझ ५ः०० बजे स्वदेश फर्कने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

निगमको ‘वाइडबडी’ जहाजले चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा कार्गो उडान गर्ने तयारी गरिरहेको छ ।यसअघि, चैत २८ गते ग्वाङ्जाओ उड्ने कार्यतालिका रहेपनि अन्तिम समयमा आएर उडान स्थगन गरिएको थियो ।

चीनबाट मेडिकल सामग्री ल्याउन व्यवसायीले वाइडबडी जहाज चार्टर्ड गरेका थिए । अन्तिम समयमा व्यवसायीकै कारण निगमले उडान रोक्नुपरेको थियो ।‘लकडाउन’को अवधिमा निगमको अन्तर्राष्ट्रिय उडान सर्वाधिक भएका छन् । सबैभन्दा बढी उडान गर्ने कतार एअरवेजको १० उडानपछि निगम दोस्रो स्थानमा छ ।

निगमले यो अवधिमा पाँचओटा अन्तर्राष्ट्रिय उडान भरेको छ । यीमध्ये तीन उद्धार उडान र दुई कार्गो उडान हुन् ।निगमको वाइडबढीले चैत १६ गते चीनको ग्वाङ्जाओबाट ‘कोडिभ–१९’ को १३ हजार केजी मेडिकल सामग्री ल्याएको थियो ।

त्यस्तै, चैत २० गते कोडिभ–१९ को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको वाइडबडी जहाज ग्वाङ्जाओ उडउडेको थियो ।त्यसैगरी, चैत १९ गते निगमको वाइडबडी जहाज चार्टर्ड उडानमार्फत् अष्ट्रेलियाली र न्यूजिल्यान्डका नागरिक बोकेर मलेसिया हुँदै अष्ट्रेलियाको सहर ब्रिशवन पुगेको थियो ।

चैत २८ गते पनि निगमको वाइडबडी जहाजले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान भरेको थियो । जापान सरकारले निगमको वाइडबडी चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश लगेको थियो ।

वाइडबडी ए–३३० दुई र न्यारोबडी ए–३२० सिरिजको दुईथान जहाजबाट निगमले भारतका तीनसहित नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्