किसान माइक्रोफाइनान्सको हकप्रद खुल्यो, कहाँ–कहाँबाट दिन सकिन्छ आवेदन ?

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर निष्काशन भएको छ । कम्पनीले चुक्ता पूँजीको २४ दशमलव २२ प्रतिशतले हुने ७८ लाख रुपैयाँ बराबरको ७८ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

भदौ १० गतेसम्म कायम शेयरधनीले असोज ४ गतेदेखि कात्तिक ७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्काशन गर्न सिभिल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ६१ प्रतिशत बोनस वितरण गरेको कम्पनीको बोनस पछि तीन करोड २२ लाख रुपैंया चुक्तापूँजी पुगेको र उक्त बोनसपश्चात कायमपूँजीमा उक्त अनुपातको हकप्रद बिक्री गरेपछि कम्पनीको चुक्तापूँजी चार करोड रुपैंया पुग्नेछ ।

कहाँबाट दिन सकिन्छ आवेदन ?

लगानीकर्ताले कम्पनीको हकप्रदको लागि बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सम्पूर्ण शाखा कार्यालय र सिभिल बैंक लिमिटेडको विराटनगर, वीरगञ्ज, नारायाणगढ, पोखरा, बुटवल, र नेपालगञ्जका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्