कोरोनाका बिरामीमा पत्ता लाग्यो यी नयाँ लक्षण, के के हुन् ? हेर्नुहोस्

काठमडौं, चैत २९ । कोरोना भाइरसका केही बिरामीमा न्युरोलोजिकल समस्या जस्तै, चक्कर लाग्ने, टाउको दुख्ने र होश गुम्ने समेत देखिएको शुक्रबार सार्वजनिक नयाँ अध्ययन प्रतिवेदनले जनाएको छ ।

चीनमा धेरै अनुसन्धानकर्ताहरुले मिलेर यसबारे अध्ययन गरेका हुन् । उनीहरुले २ सय १४ जना कोरोना भाइरसका बिरामीको लक्षण जाँच गरेका थिए ।

त्यसक्रममा झन्डै आधा बिरामीमा कुनै न कुनै न्युरोलोजिकल समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, ३६ जनामा चक्कर लाग्ने, २८ जना टाउको दुख्ने र १६ जनामा होश गुम्ने लक्षण देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । एकै व्यक्तिमा सिजर्स र अटासिया ९बोली स्पष्ट नहुने र अस्थिर रहने ० रोग समेत देखिएको छ । त्यस्तै १९ बिरामीले ‘सेन्सरी ड्यामेज’ ९स्वाद र वास्ना थाहा नपाउने ० अनुभव गरेको अध्ययनकर्ताहरुले जनाएका छन् ।

कोरोना भाइरसका कारण विश्वभर १६ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् भने १ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । (न्यूयोर्क पोस्ट

प्रतिक्रिया दिनुहोस्