साल्ट ट्रेडिङले गर्यो लाभांशको प्रस्ताव

काठमाडौं । काठमाडौंको कालिमाटीमा केन्द्रीय कार्यालय रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साल्ट टेड्रिङमा सर्वसाधारणको लगानी २१ प्रतिशत तथा सरकारको ७९ प्रतिशत लगानी रहेको छ । हाल , चुक्ता पूँजी ९ करोड ८१ लाख ८४ हजार ३०० रुपैयाँ रहेको छ । बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी १२ करोड २७ लाख ३० हजार ३७५ रूपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्