साउदी अरबका एक सय ५० शाही परिवारमा पनि कोरोना सङ्क्रमण

काठमाण्डौ , चैत २८ । साउदी अरबमा शाही परिवारका झण्डै एक सय ५० जनामा कोरोना भाइरस (कोभोड १९) को सङ्क्रमण पुष्टि भएको दैनिक जागरणलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

शाही परिवारको नजिकैैको व्यक्तिलाई उद्धृत गर्दै साउदीमा शाही परिवारका झण्डै एक सय ५० जनामा कोरोना पुष्टि भएको दैनिक जागरणले खबर लेखेको छ ।

सङ्क्रमणबाट सुरक्षित हुन शाह सलमान जेद्दा शहरको एक द्वीप महलमा गएको बताइएको छ । यस्तै क्राउन प्रिन्स मोहम्मद बिन सलमान पनि केही मन्त्रीसँग सुरक्षित ठाउँमा गएका छन् ।

कोरोना सङ्क्रमणबाट बच्नको लागि साउदी सरकारले हवाई सेवामा प्रतिबन्ध लगाएको छ भने सबै धार्मिक स्थलको यात्रामा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्