फ्रान्सेली कारागार सुरक्षाकर्मीले थाले देशब्यापी आन्दोलन

एजेन्सी । फ्रान्सेली कारागार सुरक्षाकर्मीहरुले देशब्यापी आन्दोलन गरेका छन् । कारागारमा रहेका कैदीबन्दीले आक्रमण गर्न थालेपछि उनीहरु आन्दोलित भएका हुन् ।

कारागारको सुरक्षा प्रत्याभूति र ज्याला वृद्धि गर्नुपर्ने माग गर्दै सरकारसँग भएको वार्ता उपलब्धीमूलक नभएपछि उनीहरुले आन्दोलन चर्काएका छन् । फ्रान्सका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

तर कैदीबन्दीको तुलनामा कम मात्र सुरक्षाकर्मी परिचालन गरिएपछि कारागार सुरक्षाकर्मीले विरोध गर्दै आएका छन् । यसैबीच देशभर आन्दोलन चर्केपछि फ्रान्सका न्याय मन्त्री निकोल बेलोबेटले आन्दोलनरत पक्षसँग छलफल गर्न बोलाए पनि कारागार युनियनले अस्वीकार गरेको छ ।

फ्रान्समा २८ हजार कारागार सुरक्षाकर्मीले देशभरका १ सय ८८ कारागारका करिब ७८ हजार कैदीबन्दीको सुरक्षा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्