सुनसरीको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा
काठमाडौं, चैत २६ । भारतमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा पुगेको भन्दै सुनसरीको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलो मिटर क्षेत्रमा अहिले सशस्त्र प्रहरीको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले १० वटा बोर्डर आउट पोस्ट (Iबेस क्याम्प) खडा गरेको छ।
सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० कृष्ण ढकालले दिएको जानकारी अनुसार पछिल्लो समय भारतसँग सीमा जोडिएका गाउँपालिकाहरू कोसी गाउँपालिकामा ४ वटा, हरी नगर गाउँपालिकामा २ वटा, बर्जु गाउँपालिकामा २ वटा, भोक्राहानर्सिंह गाउँपालिकामा १ वटा र देवानगञ्ज गाउँपालिकामा १ वटा गरी १० वटा बोर्डर आउट पोस्ट बेस क्याम्प खडा गरिएको हो।
प्रतिक्रिया दिनुहोस्