राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता, दलहरुलाई उम्मेदवार चयनको चटारो

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता गर्दै छ ।उम्मेदवारी दर्ता गर्ने समय नजिकिँदै गर्दा दलहरु उम्मेदवार चयनमा व्यस्त भएका छन् ।

नेकपा एमालेले तीन वटा प्रदेशका उम्मेदवार टुंग्याएको छ भने नेपाली कांग्रस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले आज उम्मेदवारको टुंगो लगाउने तयारी गरिरहेका छन् ।वाम गठबन्धनका एमाले र माओवादी केन्द्रले आ–आफ्नो दलले पाउने सिट संख्या भागवण्डा गरिसकेका छन् ।

तालमेलकै तयारीमा रहेका कांग्रेस र मधेसवादी दलहरुले भने खाका तय गर्न सकेका छैनन् ।यसैबीच माओवादी केन्द्रले नेता रामबहादुर थापालाई राष्ट्रियसभामा पठाउने तयारी गरेको छ ।

वाम गठबन्धनको भागवण्डामा माओवादीले १४ सिट पाएको छ, जसमध्ये प्रदेश ३ को खुलातर्फ एक सिट उसको भागमा परेको छ ।त्यही सिटमा थापालाई पठाउने तयारी भइरहेको बताइएको छ ।

अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रियसभामा जान पार्टी नेतृत्वले प्रस्ताव गरे पनि उनले अस्विकार गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्