नेपाली सेनाद्वारा स्वास्थ्य सामग्री खरिदका लागि पाँच देशलाई पत्राचार

काठमाडौं, चैत २६ । नेपाली सेनाले स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि पाँच वटा देशलाई पत्राचार गरेको छ। नेपाली सेनाको सिफारिसमा परराष्ट्र मन्त्रालयले ती देशमा पत्र पठाएको हो । सेनाले स्वास्थ्य सामग्रीका लागि चीन,दक्षिण कोरिया,सिंगापुर,इजरायल र भारतलाई पत्राचार गरेको हो।

कोभिड(१९ क्राइसिस म्यानेजमेन्ट टिम९सिसिएमसी०ले तयार पारेको स्वास्थ्य सामग्रीको सूचीका आधारमा पठाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

ती देशहरूमा रहेका सैनिक सहचारीमार्फत् पनि स्वास्थ्य सामग्री खरिदका लागि पहल गरिएको पाण्डेले बताए।स्वास्थ्य सामग्रीका लागि पत्र पठाइए पनि तत्कालै मागेको जति सामग्री पाउने सम्भावना भने न्यून छ।

भारतले स्वास्थ्य सामग्री निर्यातमा प्रतिबन्ध लगाइसकेको छ। दक्षिण कोरियामा फेरि कोरोना भाइरसको संक्रमण देखिएकाले मागेजति सामग्री पाउने संभावना देखिएको छैन।यी देश छनौट गर्दै सेनाले खरिद गर्नुपर्ने स्वास्थ्य सामग्रीको सूचिसहित मंगलबार रक्षा मन्त्रालयमा पत्र पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्