कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८२ हजार पुग्यो, कुन देशमा कतिको मृत्यु ?
काठमाडौं, चैत २६ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ’विश्वव्यापी महामारी’ को सङ्ज्ञा दिएको छ।
चीनबाट सुरु भएको कोभिड १९ संक्रमणलाई रोक्नका लागि विभिन्न देशहरुले उपाय अपनाएका छन् । तर पनि उक्त भाइरस संक्रमणका कारण मृत्यु हुने क्रम रोकिएको छ ।
चीनको वुहानबाट हुरु भएको भाइरसको संक्रमण को दर घटेको छ भने युरोप र अमेरिका महामारीबाट धेरै प्रभावित भएका छन् ।
कोरोना भाइरसका कारण युरोप र अमेरिका नराम्रोसँग प्रभावित भएको हो ।
विश्वमा १४ लाख ३४ हजार ८ सय ६१ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८२ हजार १ सय ६१ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको संक्रमण देखिएर निको भएकाहरुको संख्या ३ लाख २४ हजार ७० रहेको छ ।
चार लाख कोरोना भाइरस संक्रमित रहेको अमेरिकामा १२ हजार ८ सय ५७ जनाको ज्यान गएको छ । त्यस्तै स्पेनमा १ लाख ४१ हजार ९ सय ४२ जनामा संक्रमण देखिएको छ भने १४ हजार ४५ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै इटलीमा १ लाख ३५ हजार ५ सय ८६ जनामा संक्रमण देखिएको छ भने मृतकको संख्या १७ हजार १ सय २७ रहेको छ ।
त्यस्तै फ्रान्समा १ लाख ९ हजार मानिस कोरोना भाइरस संक्रमित रहेका छन् भने १० हजार ३२८ जनाले ज्यान गुमाएका छन् ।
जर्मनीमा १० लाख ७ हजार मा संक्रमण देखिएको छ भने २ हजर १६ जनाले ज्यान गुमाएका छन् ।
त्यसतै चीनमा ८१ हजार ८ सय मा संक्रमण देखिएको छ भने ३ हजार ३३३ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्