(कोरोना अपडेट) मृत्यु हुनेको संख्या ७५ हजार नाघ्यो, साढे १३ लाखभन्दा बढी संक्रमित

काठमाण्डौँ, चैत्र २५ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५ हजार नाघेको छ। मंगलबार दिउँसोसम्म कोरोना भाइरसको संक्रमणबाट संसारभर ७५ हजार ३ सयको मृत्यु भएको छ भने १३ लाख ५२ हजारभन्दा बढी कोरोनाबाट संक्रमित बनेका छन्।

अमेरिका, स्पेन र इटालीमा मात्रै हालसम्म ४० हजारभन्दा बढीको मृत्यु भएको छ। अमेरिकामा हालसम्म ३ लाख ६७ हजार ६ सय ५० जना कोरोनाबाट संक्रमित बनेका छन् भने झण्डै ११ हजारले ज्यान गुमाएका छन्। यस्तै स्पेनमा १ लाख ३६ हजारभन्दा बढी कोरोनाबाट संक्रमित बनेका छन् भने १३ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ।

हालसम्म इटालीमा सबैभन्दा बढी १६ हजार ५ सय २३ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन्। इटालीमा संक्रमितको संख्या १ लाख ३२ हजारभन्दा बढी छ।

प्रतिक्रिया दिनुहोस्