कालोबजारीको आरोप- शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ
काठमाडौं, चैत २५ । शंकर ग्रपका मालिक सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ गरेका छन् । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई मगलबार दिउँसो नक्सालबाट पक्राउ गरेको हो ।
प्रहरीकाअनुसार उनले ज्वरो नाप्ने थर्मल गन महंगो मूल्यमा बेच्न खोजेका थिए । ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा विक्री गर्न खोजेको आरोप छ । उनको साथबाट ६७ थान थर्मल गन बरामद भएको छ ।
कीर्गिस्तानमा अवैतानिक महाबाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्