कैलाली र कञ्चनपुरमा र्‍यापिड टेस्टका लागि खटियो टोली

काठमाडौं, चैत २५ । कञ्चनपुर र कैलाली करेन्टाईनमा रहेका नागरिकको कोरोना भाईरस रयापिड टेष्ट गर्न टोली त्यसतर्फ खटिएको छ ।

टोली मंगलबारै हिंडेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।

कोरोना रयापिड टेष्टका लागितालिमप्राप्त ६ प्राविधिकसहितको टोली सोमबार धनगढी आईपुगेको थियो ।उनीहरुले मंगलबारबाटै करेन्टाईनमा रहेका व्यतिmहरुको परीक्षण गर्नेछन् ।

कोरोना परीक्षण मेसिनबाट परीक्षण ढिलो हुन थालेको गुनासो आएपछि रयापिड टेस्ट टोली सुदुर पश्चिम प्रदेशमा आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्