भारतमा कोरोनाका कारण एकैदिन २८ जनाको मृत्यु

काठमाडौं, चैत २४ । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेको छ । संक्रमणका कारण हिजो एकै दिन २८ जनाको मृत्यु भएको छ । यस्तै सोमबार थप सात सय चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या चार हजार ७ सय ७८ पुगेको छ । मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको छ । अहिलेसम्म ३ सय ७५ जना संक्रमित स्वस्थ भएर घर फर्किएका छन् ।

भारतमा अहिलेसम्म एक लाख एक हजार भन्दा बढीको परीक्षण सम्पन्न भउको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जनाएको छ । सोमबार महाराष्ट्रमा कोरोना भाइरसका १ सय २० नयाँ संक्रमित पुष्टि भएका हुन् ।

यस्तै दिल्लीमा संक्रमितको संख्या ५ सय २५ पुगेको छ ध्य प्रदेशमा २ सय ५६ संक्रमित भएका छन् । तेलंगाना, आन्ध्र प्रदेश तथा केरलमा पनि संक्रमित बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्