दिनानुदिन बढ्दै भारतमा कोरोना संक्रमित: ३६ सय बढीमा संक्रमण, १०९ को मृत्यु

काठमाडौं, चैत २३ । भारतमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित दिनदिनै बढ्न थालेका छन्। संक्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २५ गतेदेखि लक डाउन घोषणा गरे पनि संक्रमणको दर भने रोकिएको छैन।

आइतबारसम्म भारतमा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ सय ९ जनाले ज्यान गुमाएको द हिन्दुले जनाएको छ।

भारतका दक्षिणी राज्यहरूमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ।

महाराष्ट्रमा सबैभन्दा धेरै ६३५ जनामा संक्रमण देखिएको छ भने तमिलनाडुमा ४ सय ८५ जनामा कोरोना संक्रमण भएको छ।

नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशमा २३४ बिरामी भेटिएका छन् भने बिहारमा ३१, पश्चिम बंगालमा ६३ र उत्तराखण्डमा १६ जनालाई संक्रमण देखिएको छ।

पछिल्लो समय नयाँदिल्लीको एक मस्जिदमा भेला भएका धेरैमा कोरोना भाइरस देखिएको छ।

प्रतिक्रिया दिनुहोस्