अमेरिकाको न्यूयोर्कमा अर्का दुई जना नेपालीको मृत्यु, कोरोना संक्रमणको आशंका

काठमाडौं, चैत २२ । अमेरिकामा फेरि दुई जनाको मृत्यु भएको छ । मृत्यु कोरोना संक्रमणका कारण भएको आशंका गरिएको छ ।
कोरोना संक्रमणको इपिसेन्टर बनेको अमेरिकी राज्य न्यूयोर्कमा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुने मुस्ताङ घर भई न्यूयोर्कको क्वीन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्ने थोंग्वेन विष्ट रहेको स्थानीय मिङमार लामालाई उधृत गर्दै अमेरिकाबाट पत्रकार होम लम्सालले जानकारी दिएका छन्।

सोनाम अन्दाजी ४० बर्षका रहेका थिए । उनको आफ्नै कोठाभित्रै मृत्यु भएको जनाइएको छ । ज्याक्सन हाईटमा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी भएर घरमा आरम गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्