कोरोनाको प्रकोपः मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, संक्रमितको संख्या १२ लाखभन्दा बढी
काठमाडौं, चैत्र २३ । कोरोना भाइरसको संक्रमण कारण विश्वमा साढे ६४ हजारभन्दा बढीको मृत्यु भएको छ । यसबाट संक्रमित हुनेको संख्या पनि १२ लाख नाघेको छ ।
सबैभन्दा बढी अमेरिकामा संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या ३ लाख ११ हजार नाघेको छ । त्यहाँ ८ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ ।
१२ लाखभन्दा बढी कोरोनाबाट संक्रमित भएकामा दुई लाख ४६ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४२ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १५ हजार ३ सयभन्दा छन् भने स्पेनमा ११ हजार ९ सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख २६ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख २४ हजार ६ सय नाघेको छ ।
फ्रान्समा मृतकको संख्या ७५ सय नाघेको छ । बेलायतमा ४३ सय नाघेको छ । इरानमा मृतकको संख्या ३४ सय नाघ्दा चीनमा यो संख्या ३३ सय २९ छ । भारतमा ९९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्