दाङमा कोरोना परीक्षण गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ

काठमाडौं, चैत २२ । दाङमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

पछिल्लो पटक कोरोना अस्पताल बेलझुण्डीबाट शुक्रबार पठाइएका तीन जनाको स्वाबको परीक्षण गर्दा सबैको रिपोर्ट ुनेगेटिभु आएको हो । शनिबार दिउँसो उनीहरुको परीक्षण रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

दाङमा अहिलेसम्म १९ जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्