भारतमा पनि भयावह बन्दै कोरोना भाइरसः अहिलेसम्म ३ हजार ८२ जना संक्रमित , ८६ जनाको मृत्यु
काठमाडौं, चैत २२ । भारतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । भारतमा अहिलेसम्म ३ हजार ८२ जना कोरोना संक्रमित भेटिएका जनाइएको छ ।
प्राप्त पछिल्लो समाचारका अनुसार भारतमा हालसम्म यो सङ्क्रमणबाट कम्तीमा पनि ८६ जनाको ज्यान गएको छ । त्यसैगरी यसका सङ्क्रमितहरु मध्ये १४४ जना निको भएर घर फर्किएका छन् । अरु सबैजना अस्पतालमा उपचाररत छन् ।
भारतीय अधिकारीहरुले यो अवस्थालाई निकै गम्भीर भनेका छन् । उनीहरुले यसैगरी नयाँ सङ्क्रमित थपिँदै जाने हो भने यसले अवस्था झनै गम्भीर हुने देखिएको उनीहरुको भनाई छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा प्रत्येक दिन नयाँ नयाँ सङ्क्रमितहरु थपिँदै जान लागेकोले भारतले घोषणा गरेको लकडाउनको अवस्थामा थप कडाई गर्नुपर्ने धारणा राख्दै आएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत मार्च २४ मा २१ दिनसम्म सम्पूर्ण देशभरि लकडाउनको घोषणा गरेका थिए । भारतमा सबै देशभरमा लकडाउन गरेर सामाजिक दुरी कायम गर्नसक्नु नै यस रोगका विरुद्धमा लड्ने औजार र औषधि रहेको मोदीले बताएका थिए ।
भारतीय प्रधानमन्त्री लकडाउनको घोषणा भएको हिजो नवौँ दिनमा जनतालाई सम्बोधन गर्दै कोरोना भाइरस ९कोभिड १९० विरुद्धको संघर्षमा कोही पनि एक्लो नभएको बताएका थिए ।
भारतको महाराष्ट्र, तामिल नाडु, केरला, नयाँ दिल्ली, आन्ध्र प्रदेश, कर्नाटक, राजस्थान, तेलाङ्गाना, चन्डीगढ, जम्मु र काश्मिर, लदाख, मिजोरम, आसाम र मणिपुरलगायतका राज्यहरुमा कोरोना भाइरस सङ्क्रमण पाइएको र कतिपय राज्यमा व्यक्तिहरुको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्