उत्तर कोरिया छैनन् कोरोनाका एक जना पनि बिरामी, गर्यो कोरोना-फ्री घोषणा

काठमाडौं, चैत २० । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि बिरामी नभेटिएको बताएको छ । बिरामी नभेटिएपछि उत्तर कोरियालाई कोरोना(फ्री घोषणा गरिएको छ ।

विश्वमा झण्डै १० लाख जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको दावी गरेको हो ।

उत्तर कोरियाका एक स्वास्थ्य अधिकारीले आफ्नो देशमा आजसम्म कोही पनि सङ्क्रमित नभेटिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्